सिन्धुपाल्चोकमा पहिरोको कारण जलविद्युत् आयोजनामा क्षति | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सिन्धुपाल्चोक, १२ भदौ । अविरल वर्षापछि खसेको पहिरोले सिन्धुपाल्चोकमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना पुरिएको छ ।

 

पहिरोले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ४ मा रहेको माथिल्लो हाडिखोला सानो जलविद्युत् केन्द्रमा पूर्णरुपमा क्षति पुगेको हो ।पहिरोले कर्मचारी आवास गृह बगाएको छ भने जेनेरेटर र टर्वाइन पुरेको छ । विद्युत् गृहबाट अनिश्चितकालका लागि विद्युत् उत्पादन बन्द भएको आयोजनाका कर्मचारी जीवनलाल श्रेष्ठले बताएका छन् ।

 

करिब २२ करोड लागतमा निर्माण भएको माथिल्लो हाडिखोलाले २०६७ सालदेखि व्यावसायिक उत्पादन गर्दै आएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);