'आर्थिक राजधानी' को नामले चिनिने वीरगञ्जका सडक पूर्णरुपमा ध्वस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सत्यराज घिमिरे

वीरगञ्ज, १२ भदौ । ‘आर्थिक राजधानी’को नामले चिनिने पर्सा सदरमुकाम वीरगञ्जले महानगरपालिकाको उपाधि पनि पाइसक्यो । तर, महानगर भएपछि विकासका कामले गति लेलान् र सुखको सास फेर्न पाइएला भन्ने कल्पना गरेका नगरबासीमा यतिबेला निराशा थपिएको छ ।

 

वीरगञ्जमा सहरी समृद्धिको झल्को दिने सडक संरचनाहरू पूर्णरुपमा ध्वस्त भएका छन् । बनाउने जिम्मा कसैले लिँदैन । अब त नागरिक पनि यसको जिम्मेवार पक्ष को हो त भन्दै प्रश्न गर्न थालेका छन् ।

 

भारतीय सिमावर्ती बजार रक्सौलबाट मितेरी पुल आइसकेपछि सडकको दुरवस्था सुरु हुन्छ । ‘नेपालकै लाइफलाइन’ मानिने यो नाकाको मितेरी पुल पनि कुन बेला भत्किन्छ भन्ने चिन्ता बढ्न थालेको छ । सहरी विकासमन्त्री प्रभु साह उपस्थित वीरगन्जको एक कार्यक्रममा उद्योगीहरुले वीरगन्जका समस्याबारे पनि जानकारी गराएका छन् ।

 

रजतजन्ती चोकदेखि मितेरी पुलसम्मको सडक त्रिभुवन राजपथअन्तर्गत पर्छ । रजतजन्ती चोकदेखि बाइपास हुँदै गण्डक निस्कने सडक महानगरपालिकाको अधिनमा पर्छ । जसले गर्दा सडक बनाउन सडक विभाग र महानगरपालिकाले एक–अर्काको मुख ताक्ने गरेका छन् । सडक एक–दुई ठाउँमा मात्र होइन, मितेरी पुलदेखि परवानीपुरसम्मै क्षतविक्षत छ ।

 

सडक दुरवास्थाले निम्त्याएको समस्याबारे महानगरपालिकालाई जानकारी नभएको होइन । दुर्घटना बढ्न थालेकाले अबको १०–१५ दिनभित्रै सडक मर्मत गरिसक्ने महानगरले जनाएको छ ।

 

वीरगन्जका सहायक र भित्री सडक पनि एसियाली विकास बैंकको सहयोगमा भइरहेको नाला निर्माणका लागि खनेर लथालिंग पारिएको छ । सडक दुरुह बन्दै जाँदा महानगर कुरुप बन्दै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);