वीरगञ्जकाे मुख्य सडक विस्तार अघि बढ्याे, अतिक्रमित भाैतिक संरचना हटाउन शुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

वीरगञ्जकाे मुख्य सडक विस्तार अघि बढ्याे, अतिक्रमित भाैतिक संरचना हटाउन शुरू

काठमाडाैं । वीरगञ्जको मुख्य सडक विस्तारका लागि आइतबार बिहानैदेखि डोजर प्रयोग गरी अतिक्रमण गरी निर्माण गरिएका भाैतिक संरचना हटाउने कार्य शुरु गरिएको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको गण्डक चोकदेखि मितेरी पुलसम्मको मुख्य सडकलाई राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार दायाँ–बायाँ २५/२५ मिटर चौडा बनाउने काम शुरु गरिएको हो ।

गण्डक, पावरहाउस चोक, घण्टाघर, रजतजयन्ती चोक र मितेरी पुल भन्सार क्षेत्र गरी पाँच स्थानमा एकसाथ डोजर परिचालन गरेर सडक विस्तारको काम शुरू गरिएको सडक डिभिजन कार्यालय हेटौँडाकाे भनाइ छ । सरकारी कार्यालयका २९ वटा भवन तथा निजी स्वामित्वका करिब एक हजार दुई सय घरटहराहरू भत्काउन लागेकाे हाे ।

Leave a Reply