काठमाडौं, २ पुष । ।नेपाल कम्युनिष्ट पार्टी, स्थायी समितिको बैठकमा व्यस्त रहेको छ । बैठकमा दुईटा प्रतिवेदन पेश भएका छन् । नेकपाका दुई अध्यक्षले संयुक्त रुपमा २२ पृष्ठ लामो प्रतिवेदन गरे भने वामदेव गौतमले १६ पेज लामो अलग प्रतिवेदन पेश गरेका छन् । गौतमले पेश गरेको प्रतिवेदनमा पार्टीमा दुई जना अध्यक्ष भन्दा एक जना अध्यक्ष हुनु राम्रो भनिएको छ । एकजना अध्यक्ष हुँदा पार्टीको काम राम्रो हुने कुरा पनि गरिएको छ । दुई प्रतिवेदन अध्ययन गर्नका लागि स्थायी समिति सदस्यहरुलाई समय दिइएको छ र सोमबारबाट उनीहरु बैठकमा बस्नेछन् । बैठक पछि निस्किदा नेकपा कस्तो भएर निस्कनेछ ? धेरै कसरत पछि बसेको स्थायी समितिको बैठक मार्फत के-के हुँदैछन् ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईसँग गरेको कुराकानी हेर्नुहोस् :
प्रधानमन्त्री ओली बढि बोलेकै कारण सरकार समस्यामा छ : योगेश भट्टराई (भिडियो सहित)
ताजा समाचार
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
११ घन्टा अघि