स्थानीय तहको काम प्रभावकारी हुन सकेको छैन : मुख्यमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

स्थानीय तहको काम प्रभावकारी हुन सकेको छैन : मुख्यमन्त्री पौडेल

dormani poudel

काठमाडौं, २ पुस । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहको काम प्रभावकारी हुन नसकेको बताएका छन् ।

ललितपुर महानगरपालिकाको शतबार्षिकी कार्यक्रमको सोमबार उद्घाटन गर्दे मुख्यमन्त्री पौडेललले पर्याप्त स्रोत र साधनको अभावमा काम प्रभावकारी हुन नसकेको बताए । तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा काम गर्न समस्या भएको उनको भनाई थियो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अझै पनि केन्द्रीय सरकारको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य हुन नसकेको बताए । कार्यक्रममा बोल्दै काठमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जनचाहना अनुसारको काम हुन नसकेको बताए । उनले सबै महानगरपलिकाबीच समन्व गरेर अगाडि बढे बिकास निर्माणको कामलाई गति दिन सकिने धारणा राखे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);