एजेन्सी, १२ भदौ । पछिल्लो समय दोक्लाम भुमिका लागि भारत र चीनबीच बढ्दै गएको तनाबलाई साम्य बनाउन त्यस क्षेत्रमा तैनाथ दुई देशका सेनालाई हटाउने समझदारी भएको छ ।
दुई देश आफ्ना सेना दोक्लामबाट हटाउन तयार भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार दोक्लामको विषयलाई लिएर चीन र भारतबिच भएको विवादलाई हल गर्न बसेको कुटनीतीक बैठकले सो निर्णय पारित गरेको हो । बैठकमा दुवै पक्षले आफ्ना सेना हटाउने र आपसी हितका लागि काम गर्ने समझदारी भएको छ ।
दुई देश बच भुटानको दोक्लाम क्षेत्रका कारण विवाद चर्किएको थियो । चीनले सो क्षेत्र आफ्नो भन्दै सडक निर्माण कार्य परिचालन गर्न खोज्दा भारत भुटानलाई सहमति जनाउदै चीनको विरोधमा उत्रिएको थियो ।
चीन र भारतबिच यो भन्दा अघि १९६२ मा सिमा विवादका कारण युद्ध पनि भएको थियो ।