काठमाडौं, १ पुष । भारतको कोलकाता, धनकुटीटोल प्लाजास्थित दिल्ली–कोलकाता हाइवेबाट बरामद ३३ किलो सुन यसअघि काठमाडाँैमा हराएको सुन हुनसक्ने जनाइएकोे छ ।
सुन भरिया सनम शाक्य हत्या घटनाका मुख्य योजनाकार गोरे भन्ने चूडामणि उप्रेतीको समूहले खाडीबाट झिकाएको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बानेश्वरस्थित गोरेको कार्यालय ल्याउँदै गर्दा हराएको थियो ।
भारत सरकारको केन्द्रीय राजस्व अनुसन्धान ब्यूरो (सीआरआईबी) को टोलीले मारुती स्वीफ्ट कारमा लुकाइराखेको अवस्थामा केही दिन अघिमात्र उक्त सुन बरामद गरेको जनाएको छ । सुनसँंगै सुनसरी इटहरीका हेमप्रसाद शर्मा र राकेशप्रसाद पक्राउ परेका छन् ।
सीआरआईबीले आफ्नो वेब साइटमा नै फ्ल्यास न्यूजका रूपमा ३३ किलो सुन बरामद भएको समाचार सार्वजनिक गरेको छ । अबैध सुन र सुनको ओसारपसारमा संलग्न ती दुईजना नेपालीको सम्बन्धमा पनि अनुसन्धान भइरहेको जनाइएको छ ।
सुन भरिया सनम हत्या घटना र ३३ किलो सुन हराएको सम्बन्धमा गठित उच्चस्तरीय छानविन समितिले कोलकातामा बरामद सुनका सम्बन्धमा जानकारी लिने कार्य भइरहेको जनाएको छ । त्यसका लागि एकटोली नै खटाउने विषयमा पनि छलफल हँुदैछ ।
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।