अफ्रिकी बर्ष खेलाडीको अवार्ड सलाहलाई, लगातार दुई बर्ष अवार्ड जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

अफ्रिकी बर्ष खेलाडीको अवार्ड सलाहलाई, लगातार दुई बर्ष अवार्ड जित्न सफल

winner

काठमाडौं, २९ मंसिर । अफ्रिकी बर्ष खेलाडीको अवार्ड लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले जितेका छन ।

सलाहले लगातार दुई बर्ष यो अवार्ड जितेका हुन् । उनले मिधी बेनाटीया, कालीडो कोउलीवालील र साडियो माने तथा थोमस पार्टेलाई पछि पारेका हुन् । गत सिजन ५२ खेलमा ४४ गोल गरेका सलाह प्रिमियर लिगको बर्ष खेलाडी पनि बनेका थिए ।

सलाहको महत्वपुर्ण प्रदर्शनका कारण गत सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो । यसका साथै उनले देशाई विश्वकपमा पुर्याउन पनि महत्वपुर्ण योगदान गरेका थिए । सलाह लगातार दोस्रो पटक यो अवार्ड जित्ने दोस्रो खेलाडी बनेका छन ।

यसअघि नाइजेरीयाका जे जे ओकोचाले यो अवार्ड जितेका थिए । यो अवार्डका लागि आयोजकले कुल ६ लाख ५० हजार भोट पाएका थिए । लिभरपुलमा आएपछि सलाहको करियर निकै उचाईमा पुगेको छ । पहिलो सिजनमा नै उनले २४ खेलमा १९ गोल गरेका थिए ।

सन् २००१ बाट सुरु भएको अफ्रिकन बर्ष खेलाडीको अवार्ड अहिलेसम्म १५ खेलाडीले जितीसकेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);