यामल युरोकप २०२४ को उत्कृष्ट युवा खेलाडी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८३, सोमबार

यामल युरोकप २०२४ को उत्कृष्ट युवा खेलाडी

३१ असार २०८१, सोमबार काठमाडौँ स्पेनका खेलाडी लामिन यामल युरोकप( २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।

स्पेनलाई चौथो पटक युरोकपको उपाधि जिताउन उच्चकोटीको प्रदर्शन गरेका १७ वर्षीय युवा खेलाडी यामलले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन्।

युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए। यस संस्करणको युरोमा उनी सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत हुन्। उनले प्रतियोगिताभर कूल ५०७ मिनेट खेलेका थिए। जसमा उनले प्रतियोगिताकै सर्वाधिक ३२ ड्रिबल गरेका थिए।

यामलले सेमिफाइनलमा फ्रान्स विरुद्ध उत्कृष्ट गोल गरेका थिए। एक गोलले पछि परेको अवस्थामा उनले स्पेनका लागि बराबरी गोल गर्दै खेलमा फर्काएका थिए। उनले स्पेनले खेलेको सातवटै खेल खेलेका थिए।

जसमा समूह चरणमा क्रोएसियालाई ३ ० ले पराजित गरेको खेलमा डेब्यु गर्दै युरोको सबैभन्दा कान्छो खेलाडी खेलाडीको कीर्तिमान बनाएका थिए। जतिबेला उनी १६ वर्ष ३३८ दिनका थिए।

यस्तै सेमिफाइनलमा फ्रान्स विरुद्ध गोल गर्दै उनी युरो इतिहासमा गोल गर्ने पनि सबैभन्दा कान्छो खेलाडी बने। फ्रान्स विरुद्ध गोल गर्दा उनको उमेर १६ वर्ष ३६२ दिन थियो।

 

Leave a Reply