मारम्मा मन्दिर: प्रसाद खाँदा ११ जनाको मृत्यु, ७० भन्दा बढी विरामी, ११ जनाको अबस्था गम्भीर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मारम्मा मन्दिर: प्रसाद खाँदा ११ जनाको मृत्यु, ७० भन्दा बढी विरामी, ११ जनाको अबस्था गम्भीर

india

काठमाडौं, २९ मंसिर । भारतको कर्नाटक राज्यस्थित एक मन्दिरको प्रसाद खाने।क्रममा ११ जनाको मृत्यु भएको छ ।

चामराजनगर जिल्लाको सुलावाडी गाउँस्थित किच्चुकुट्टी मारम्मा मन्दिरमा गरिएको विशेष कार्यक्रमको प्रसाद खाने क्रममा अन्य ७० जना बिरामी भएका छन् ।उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रसादका रुपमा बाँडिएको भात र गोलभेंडा खानेहरु बिरामी परेका हुन् । प्रसाद खाए लगत्तै उनीहरुमा पेट दुख्ने र वान्ता हुने समस्या देखिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);