नेपाली कांग्रेसको महासमिति बैठक शनिवारदेखि शुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नेपाली कांग्रेसको महासमिति बैठक शनिवारदेखि शुरु हुँदै

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको महासमिति बैठक शनिवारदेखि राजधनीमा शुरु हुँदैछ । महासमितिमा भाग लिन बिभिन्न जिल्लाबाट काठमाडौ आएका महासमिति सदस्य तथा प्रतिनिधिहरुले शुक्रवार कांग्रेस केन्द्रिय कार्यालयमा नाम दर्ता गरेका छन् ।

नाम दर्ताका लागि कांग्रेसले शुक्रवार दिउँसो २ बजेदेखी ५ बजेसम्मको समय तोकेको थियो । महासमिति भेलाको शनिवार पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महासमितिमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री शशांक कोइरालाले संगठनसम्बन्धी, अर्का महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले पार्टीको नयाँ विधान मस्यौदा प्रतिवेदन, सहमहामन्त्री प्रकाशशरण महतले पार्टीको आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले कोष तथा लेखासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रतिवेदनमाथि पुस १ गतेदेखि छलफल हुनेछ । अहिलेसम्म आर्थिक प्रतिवेदनमात्र केन्द्रीय समितिबाट पारित भएको छ । महासमितिका लागि देश र विदेशबाट गरी १ हजार ४ सय भन्दा बढी प्रतिनिधि काठमाडौं आइसकेका कांग्रेसले जनाएको छ । यसैगरी महासमिति बैठकको सम्पूर्ण तयारी सकिएको पनि कांग्रेसले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);