तानसेन नगरपालिकाको ध्यान सडक तथा पूर्वाधार निर्माणमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

तानसेन नगरपालिकाको ध्यान सडक तथा पूर्वाधार निर्माणमा

प्रकाश नेपाल

पाल्पा, २६ मंसिर । तानसेन नगरपालिकाले, धार्मिक, पर्यटकिय क्षेत्रको पहिचान गर्दै ती क्षेत्रमा सडक तथा पूर्वाधार निर्माणमा जुटेको हो । तानसेन बौघागुम्वा छेरलुङ कालीगण्डकी सडकलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखि निर्माण कार्य गर्दै आएको छ ।

स्याङ्जाको आलमदेवी, विर्घा, कालीपार क्षेत्रका बासिन्दाहरुलाई केन्द्रित गरी तानसेन बजारमा चहल पहल बढाउन नगरपालिका कालीगण्डकी तानसेन फाष्ट ट्रयाक निर्माणमा लागेको हो । तानसेन नगरपालिका–१३ छेरलुङका जनताले सवारी साधनमा ४० किलोमिटर घुमेर यात्रा गर्नुपर्ने वाध्यता फाष्ट ट्रयाकै कारण १३ किलोमिटरमा सिमित भएको छ ।

यो सडक तानसेनको विकास निर्माणको लागि महत्वपुर्ण सावित हुने र नगरपालिकाको आन्तरिक स्रोत बृद्धिमा सहयोग पुग्ने नगर प्रमुख अशोक कुमार शाहीले बताए ।

यो फाष्ट ट्रयाक बनेपछि स्याङजा, पर्वत, गुल्मीका वासीन्दाले सहज रुपमा आवत–जावत गर्न सक्नेछन । सुनौली, भैरहवा, वुटवलवासीले पनि यही छोटो दुरीको फाष्ट ट्रयाक प्रयोग गरी यात्रा गर्न सकिने छ ।

वुटवल तथा सुनौलीका जनताले यो कालीगण्डकी करिडोर भन्दा यो बाटोबाट ८० किलोमिटर छोटो रुपमा यात्रा गर्न सक्ने गरी तानसेन नगरपालिकाले फाष्ट ट्रयाक निर्माणमा जुटेको हो । गत बर्ष करीव १ करोड ५ लाख रुपैयाँ खर्च भएको यस फाष्ट ट्रयाकलाई स्तर उन्नती गर्न ४० लाख रुपैयाँ विनियोजन भएको उपभोक्ता समितीका अध्यक्ष लिलाधर भट्टराईले बताए ।

यो सडकले बौघागुम्बा रहेको मगर होमस्टे, तरकारी र पशुपालनको पकेट क्षेत्र बनेका अर्गली र बौद्यागुम्बाबाट बजारसम्म कृषि सामाग्री ल्याउन समेत सहज हुनेछ । गत आर्थिक बर्षमा तानसेन नगरपालिकाले प्रर्यटकीय तथा व्यापारिक सडकलाई पहिलो प्राथमिकता दिंदै सडक बर्षको रुपमा काम गरी ६७ किलोमिटर सडक निर्माण गरेको छ । यस बर्ष भने गत बर्ष निर्माण गरिएका सडकहरुको स्तरउन्नतीमा नगरपालिका जुटेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);