नेपाल-भारत कनेक्टिीभिटिमा आदित्यनाथकाे जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल-भारत कनेक्टिीभिटिमा आदित्यनाथकाे जोड

जनकपुरधाम, २६ मंसिर । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारतबीच कनेक्टिभिटीमा जोड दिनुपर्ने बताएका छन् । सिताराम बिवाह पञ्चमीका अवसरमा बुधवार जनकपुर आएका योगीले दुई देशको विकासका लागि कृषि, सांस्कृतिक पर्यटन लगायतका बिषयलाई अगाडि बढाउनु पर्ने उल्लेख गरे ।

सिताराम विवाह पञ्चमी महोत्सव मूल समारोह समिति जानकी मन्दिरले रंगभूमि मैदान बाह्र विगाहामा आयोजना गरेको रामजानकी विवाह महोत्सववमा बोल्दै योगीले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री योगीले भौतिक विकासले मात्र खुसियाली मिल्ने उल्लेख गरे । उनले नेपालसँग जोडिने सबै मार्ग निर्माणका लागि भारतले प्रयास गरेको बताए । आफ्नो जनकपुर भ्रमणले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध उच्च भएको बताउँदै योगीले विद्वानहरुको सहर जनकपुरको संस्कृति महान् रहेको उल्लेख गरे ।

मुख्यमन्त्री योगी जनकपुरमा करीब पाँच घण्टा बिताए । हजारौं तिर्थालु सहभागी रंगभूमि मैदानमा जनकपुरवासीका तर्फबाट मुख्यमन्त्री योगीलाई जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले नागरिक अभिनन्दन गरेका थिए ।

भारतवाट जन्ती सहित आएका आदित्यनाथले रंगभूमी मैदानको कार्यक्रम अघि जानकी मन्दिरमा पूजा आरधना गरेका थिए । भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ रामजानकी विवाह महोत्सव कार्यक्रममा सहभागी भई बुधवारै स्वदेश फर्किएका छन् ।

धार्मिक र सांस्कृतिक महत्व वोकेको सीताराम विवाहमा आयोध्याबाट जन्तीको नेतृत्व गर्दै उनी ११ बजे जनकपुर आईपुगेका थिए । योगी अपरान्ह ४ बजे उत्तर प्रदेशको राजधानी लखनउ फर्किएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);