अस्ट्रेलियासँगको टेस्ट क्रिकेट शृङ्खलाको पहिलो खेलमा ३१ रनको जित निकाल्दैे भारतीय | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

अस्ट्रेलियासँगको टेस्ट क्रिकेट शृङ्खलाको पहिलो खेलमा ३१ रनको जित निकाल्दैे भारतीय

Cricket

काठमाडौं, २५ मंसिर । अस्ट्रेलियासँगको टेस्ट क्रिकेट शृङ्खलाको पहिलो खेलमा जित निकालेर कीर्तिमान बनाएको भारतीय टोलीको चर्चा चुलिए संगै समर्थकहरुले सफलताको उत्सव मनाइरहेका छन् ।

भारतले एडिलेडमा भएको पहिलो टेस्ट क्रिकेटमा सोमबार अस्ट्रेलियामाथि ३१ रनको जित निकाल्दै इतिहास बनाएको हो । भारतले अस्ट्रेलियामा पछिल्लो १० वर्षमा कुनै पनि टेस्ट क्रिकेट जितेको थिएन, यो अर्थमा विराट कोहली नेतृत्वको टिमले कीर्तिमान बनायको हो यस्तै एडिलेड ओभलमा भारतले १५ वर्षपछि जित निकालेको हो ।

यसअघि सन् २००३ मा भारतले एडिलेडमा भएको खेलमा जित निकालेको थियो । भारतले अस्ट्रेलियामा भएको टेस्ट शृङ्खलाको पहिलो टेस्टमा अहिलेसम्म जित निकालेको थिएन । तर सोमबार सम्पन्न पहिलो टेस्टमा जित निकालेर कोहली कप्तानीको टिमले कीर्तिमान बनाएको हो । भारतले आफ्नो दोस्रो पारीको ब्याटिङ्गपछि अस्ट्रेलियालाई ३२३ रनको लक्ष्य दियो ।

तर घरेलु टोली अस्ट्रेलियाले सबै विकेटको क्षतिमा २९१ रन मात्रै बनाउन सक्यो ।दोस्रो पारीमा अस्ट्रेलियाका लागि शन मार्सले ६० र टिम पेनले ४१ रनको योगदान दिए । भारतका जसप्रित बुमराह, रवीचन्द्रन आश्विन र मोहम्मद शामीले समान तीन–तीन विकेट लिए । यस्तै इशान्त शर्माले एक विकेट लिए । भारतले दोस्रो पारीमा ३०७ रन बनाएको थियो । उसका लागि चेतेश्वर पूजाराले ७१ रन बनाए ।

यस्तै अजिन्क्या रहाणेले ७०, लोकेश राहुलले ४४ तथा कप्तान विराट कोहलीले ३४ रनको योगदान दिए । पहिलो पारीमा भारतले पूजाराको १२३ रनको मद्दतमा २५० रन बनाएको थियो । यो जितसँगै भारतले चार टेस्टको शृङ्खलामा १–० को अग्रता लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);