जर्ज एचडब्लु बुसको राजकीय सम्मानका साथ अन्तिम विदाई | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

जर्ज एचडब्लु बुसको राजकीय सम्मानका साथ अन्तिम विदाई

एजेन्सी, २० मंसिर । अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज एचडब्लु बुसको गएको शुक्रबार राती निधन भएको थियो । उनको पार्थिव शरीर अन्तेष्टी अघि फ्युनेरलका लागि टेक्सासको ह्युस्टनबाट वासिङ्गटन लगिएको थियो । उनका छोरा तथा अमेरिकाका ४३ औँ राष्ट्रपति जर्ज डब्लु बुसले भावनात्म हुँदै पिताप्रति सम्मान प्रकट गरेका छन् ।

जुनियर बुसले आफ्ना पितालाई महान मानव र प्रिय पिताका रुपमा सम्झिए । जर्ज एचडब्लु बुसको फ्युनेरलमा जीवित रहेका सबै अमेरिकी पूर्व राष्ट्रपतिहरु तथा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थिति थियो ।

सिनियर बुस सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । उनको पार्थिव शरीर गृह राज्य टेक्सासमा श्रीमती बारबरा नजिकै गाडिने छ । फ्युनेरलमा अमेरिकाको ४३ औँ राष्ट्रपति बनेका उनका छोरा जर्ज डब्लु बुसले आफूलाई पिताले जनताको सेवा महान र अत्यावश्यक कार्य रहेको भन्ने सिकाएको बताए । पिताका लागि दिइएको श्रद्धाञ्जली सम्बोधनको अन्त्यतिर उनले आफ्नो आँसु रोक्न सकेनन् । उनको गला अवरुद्ध भयो ।

फ्युनेरलमा पूर्व राष्ट्रपतिहरु जिमी कार्टर, बिल क्लिन्टन, जर्ज डब्लु बुस तथा बाराक ओबामा पूर्व प्रथम महिलासहित उपस्थित भएका थिए । यस्तै अहिलेका राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प पनि फ्युनेरलमा सहभागी भए ।

पार्किन्सन रोगबाट ग्रस्त बुश केही वर्ष देखि अस्वस्थ थिए । रगतमा संक्रमण भएपछि अन्तिम समय अप्रिलमा अस्पताल भर्ना भएका थिए । दोस्रो विश्व युद्धका भेट्रान बुस पछि राजनीतिमा आएर राष्ट्रपति बनेका थिए ।

तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शीतयुद्ध अन्त्य गर्न उनको भूमिका महत्वपूर्ण छ । आतंकवादबाट ग्रस्त इराकमा सद्याम हुसेनको शासन अन्त्यका लागि बुसको भुमिका सम्झनायोग्य छ । त्यसो त जर्ज बुशको नाम अमेरिकी इतिहासमा अब्बल मानिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);