सरकारले लिएको अर्थ नीति गलत : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सरकारले लिएको अर्थ नीति गलत : कांग्रेस

nepali congress

काठमाडौं, १९ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले गलत अर्थ नीति लिएको दावी गरेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बुधबारको बैठकमा पेश गरिएको पार्टीको अर्थ नीतिसम्बन्धि प्रतिवेदनमा सरकारले लिएको अर्थनीति गलत रहेको उल्लेख गरिएको हो ।

सरकारले लिएको अर्थ नीतिको बाटोबाट मुलुकलाई समृद्ध बनाउन नसकिने दावी पनि सो प्रतिवेदनमा गरिएको छ । पार्टीको अर्थनीतिसम्बन्धि प्रतिवेदन केन्द्रिय कार्य समितिमा पेश गर्दै काँग्रेस नेता डा. प्रकाशशरण महतले सरकारले ‘नियन्त्रण र निषेध’मा आधारित अर्थ नीति लिएकाले यसबाट मुलुकको समृद्धि सम्भव नरहेको दावी गरिएको छ ।

उनले सरकारले लिएको गलत आर्थिक नीतिकै कारण गत वर्षभन्दा यस वर्ष वैदेशिक लगानी ७५ प्रतिशत कम हुन गएको जनाइएको छ । स्वदेशी पूँजी पलायत हुने क्रम बढ्दै जानुमा पनि सरकारको गलत नीति मुख्य कारण रहेको काँग्रेसको निष्कर्ष छ ।

नेता महत नेतृत्वको आर्थिक समितिले केन्द्रिय कार्य समितिमा पेश गरेको अर्थनीति सम्बन्धि प्रतिवेदनमा मुलुकलाई समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ । वृद्धि गरिएको उत्पादनमार्फत् आम नागरिकलाई सम्पन्न बनाउने लक्ष्य पनि प्रस्तुत आर्थिक नीतिले लिएको नेता महतले जानकारी दिए । आर्थिक नीतिमा प्रजातान्त्रिक समाजवादी बाटोबाटै मुलुकलाई समृद्ध बनाउने सकिने निष्कर्ष पनि निकालिएको छ ।

आसन्न मंसीर २८ गतेदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा पेश गर्न पार्टीको आर्थिक समितिले सो प्रतिवेदन तयार पारेको हो । पार्टी केन्द्रिय कार्य समिति बैठकले पारित गरेपछि सो प्रतिवेदन महासमिति बैठकमा पेश गर्ने काँग्रेसको तयारी छ ।

केन्द्रिय कार्य समिति बैठकमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा पनि पेश हुनेछ । यस अघि काँग्रेस केन्द्रिय कार्य समिति बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);