सुनसरी, ११ भदौ । सुनसरीको धरान उपमहानगरपालिका स्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक कैदीले झुण्डिएर आत्महत्या गरेका छन् ।
हाड नाता करणी मुद्धामा भदौं ४ गते पक्राउ परेका ३३ वर्षिय श्रीधन विकले हिरासत कक्षको शौचालयमा आफ्नै सर्टको पासो लगाई आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
खोटाङ घर भई गत वैशाख देखि धरान ५ स्थित टापुलाईनमा बसोबास गर्दै आएका विक आज बिहान करिब साढे ३ बजे झुण्डिएको अवश्थामा शौचालय भित्र फेला परेका थिए । प्रहरीले शवलाई पोष्टमार्टमका लागि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।




