जनकपुरधाम स्थित रेल्वे स्टेशनलाई मिथिला पेन्टिङ्गले सिँगारिंदै | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

जनकपुरधाम स्थित रेल्वे स्टेशनलाई मिथिला पेन्टिङ्गले सिँगारिंदै

बटुकनाथ झा

जनकपुरधाम, १७ मंसिर । निर्माणाधिन अवस्थामा रहेको जनकपुरधाम स्थित रेल्वे स्टेशनलाई मिथिला पेन्टिङ्गले धमाधम सिँगारिंदै छ । निर्माणको अन्तिम चरणमा रहेको रेल्वे स्टेसनहरुलाई रंग रोगन गर्ने क्रममा मिथिलाको संस्कृति झल्किने मिथिला पेन्टिङ्गले स्टेशनहरु धमाधम सिंगारिएको हो ।

लामो समय पछि फेरी जनकपुरमा रेल आउने भएपछि स्टेशनहरुमा सीता विवाह, अहिल्या उद्यार, धनुषा तोड्ने लगायतका रामायण काण्डका पेन्टिङ्ग भईरहेको छ । प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा यसरी मिथिला पेन्टिङ्ग भईरहेको हो । भारत विहारको मधुवनीबाट आएका कलाकारहरु मिथिला पेन्टिङ्ग व्यस्त छन् ।

स्टेशनहरुमा अहिले रामायण कालको सबै दृश्य राख्न सम्भव नभएपनि प्रमुख दृश्यहरुलाई समावेश गरिएको मिथिला पेन्टर जितेन्द्र कुमारले बताए । उनले नोभेम्वर २३ बाट भारतबाट आई काम गरिरहेका र करीब तीन दिनमा काम सम्पन्न हुने बताए ।

जनकपुरमा अहिले रेल्वे निर्माणको काम तिव्र गतिमा भईरहेको छ । जयनगर–जनकपुर–कुर्था रेल्वेलाई आगामी डिसेम्बर १८ देखि संचालनमा ल्याउने तयारी भएको जनाईएको छ । अहिले बलास्ट लिएर े दैनिक रुपमा रेल्वे सेवा जनकपुरधाम आईरहेको छ ।

ताजा समाचार