जंगली हात्ती नियन्त्रण भएपछि बाहुडाँगीका स्थानीय खुसि | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

जंगली हात्ती नियन्त्रण भएपछि बाहुडाँगीका स्थानीय खुसि

खगेन्द्र घिमिरे

झापा, १७ मंसिर । झापाको बाहुडाँगीका जनताले दुई दशक देखि हात्तीको आतंक सहे । भारतबाट आउने हात्तीले दर्जनौको ज्यान लियो भने कैयौ विस्तापित भए । यस्तो ठूलो पीडाबाट गु्रजिएको त्यो ठाउँका जनता अहिले भने वल्ल शान्तीको अनुभुति गर्न थालेका छन् ।

जंगली हात्ती नियन्त्रणका लागि इलेक्ट्रो फेन्सीङ्ग अर्थात सोलारबाट तारजालीले जंगली हात्ती नियन्त्रण भएपछि उनीहरु विस्तारै खुसिको अनुभुति गर्न थालेका हुन् ।

बाहुनडाँगीको मेची खोलाको डिलमा अहिले १८ किलोमिटर लामो सोलार फेन्सीङ्ग (सौर्य विद्युतिय तारबार) लगाईएको छ । जसका कारण हात्ती गाउँवस्तीमा आउन पाउँदैन । विगतमा यही ठाउँमा तारजाली नहुँदा धान थन्काउने समयमा हात्तीले धान कुल्चने तथा खाएर सखाप पार्ने गर्दथ्यो । यो वर्ष भने कृषकहरुले ९५ प्रतिशत धान घरमा भित्र्याउन सफल भएको बताउँछन् ।

हात्ती नियन्त्रणका लागि गरिएको नयाँ प्रबिधिले स्थानीयमा खुसि छाएपनि तारजाली लगाएका ठाउँबाट कुनैपनि वेला हात्ती छिर्न सक्ने भन्दै कतिपय स्थानीयहरु चिन्तित छन् । यसका लागि विग्रेका ठाउँमा मर्मत सम्भार गर्नूका साथै सरकारी तवरबाट दीर्घकालिन समाधान ल्याउन पर्ने उनीहरुको माग छ ।

यता, मेचीनगर नगरपालिकाले यस्तो चिन्ता लिनु स्वभाविक भएपनि आफुहरु सचेत भई अगाडी वढीरहेको जनाएको छ । नगरप्रमुख विमल आचार्यले आफुहरुले हात्ती नियन्त्रण मात्र नभई बाहुनडाँगीमा अब सुरक्षित तवरबाट जंगली हात्तीको दृष्य अवलोकन गर्न वातावरण समेत निर्माण गर्ने सोचका साथ अघि वढीरहेको जानकारी दिए ।

यसरी भारतबाट आउने जंगली हात्तीले प्रताडित भएका झापाका वाहुनडाँगी आसपासका जनताले वल्ल खुसिको सास फेर्न पाएका छन् । हात्ती नियन्त्रणका लागि मेची नगरपालिकाले गरेको प्रयासलाई अझै सबैले साथ सहयोग गरे यहाँ जंगली हात्ती हेर्नेको भिड मात्र हैन, आर्थिक आम्दानी समेत हुने सरोकारवालाहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);