धनुषामा बजार अनुगमनलाई निरन्तरता | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

धनुषामा बजार अनुगमनलाई निरन्तरता

धनुषा, १७ मंसिर । उपभोक्ताहरुको व्यापक गुनासो आएपछि जिल्ला प्रसाशन कार्यालय धनुषाले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।

प्रशासकिय अधिकृत दिनेश साहको नेतृत्वमा आइतवार गएको टोलीले सर्वसाधरणको भिडभाड हुने र सम्बन्धित खाद्यान्य विक्रि हुने ठाउँमा अनुगमन गरेको हो । अनुगमनको क्रममा केही मात्रामा अन्तिम म्याद नाघेको फेन्टा, स्प्राईट लगायतका सामाग्रीहरु फेला पारेको छ ।

टोलीले यसरी अनुगमनमा क्रममा कैफियत भेटिएका सामाग्रीहरुलाई नियन्त्रणमा लिई उनीहरुलाई सचेत गराएको छ । प्रशासन कार्यालयले विगत केहि दिनदेखि बजार अनुगमनलाई निरन्तरा दिँदै आएको छ । कार्यालयले यस अघि पनि जनकपुरका तीन पानी उद्योगमा शिलबन्दी गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);