हात्ती आतंकबाट हैरान हुनुभएको छ ? यस्ता छन् जोगिने उपाए | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

हात्ती आतंकबाट हैरान हुनुभएको छ ? यस्ता छन् जोगिने उपाए

पोखरा । निकुञ्ज आसपासका क्षेत्रमा प्रशस्तै घरपालुवा हात्ती भेटिन्छन् । ती हात्तीको रेखदेख र खानपिन उसको मालिकले नै गर्छन् । तर, घरमा पाल्दैमा जंगली जनावार हात्ती घरपालुवा हुन्छ ?

जीवजन्तुको आनीबानीबारे जानकार लेखक ददि सापकोटा हात्ती घरपालुवा हुन्छन् भन्ने विषयलाई स्वीकार्दैनन् । पोखरामा जारी दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलको ‘चराचुरुंगी र जनावारको आनीबानी’ सेसनमा बोल्दै सापकोटाले जंगलबाट ल्याइने जनावार घरपालुवा हुन नसक्ने दाबी गरे ।

‘कुनै जनावार घरपालुवा हुन १३ देखि १७ पुस्ता चाहिन्छ । कुखुरा पाल्दा छोरा, नाती भएर १७ औँ पटकमा घरपालुवा हुन्छ । त्यसैले हात्ती पनि घरपालुवा हुँदैन,’ उनले भने, ‘नेपालमा चौँथो पुस्ताका हात्ती छन् । जंगलबाट समातिएको चिज कहिल्यै घरपालुवा हुन्छ ? मान्छे अन्टाटिकामा लगेर राखेर पेन्गुइन बनाउँछु भनेर सम्भव छ ? छैन ।’

सापकोटाका अनुसार घरमा पाले पनि हात्तीको आनीबानी जंगलकै हात्तीकै जस्तो हुन्छ । मान्छेले जंगली हात्तीलाई जबर्जस्ती घरपालुवा बनाएको उनको भनाइ छ । ‘जंगली हात्ती कुटेर, पिटेर ऊ घरपालुवा हुँदैन । उसले घरको बानी नै परिवर्तन हुनुप¥यो । नेपालमा भएको कुनै हात्तीलाई जंगलमा लगेर छोड्दिनुस् अपवादको रुपमा कुनै एउटा हात्ती फर्केर आउला,’ उनले थपे, ‘९९.९ प्रतिशत हात्ती घर फर्केर आउँदैन । ऊ जंगलमै रमाउन चाहन्छ । कुनै पनि हात्ती घरपालुवा भएका छैनन् । त्यो हुन पनि सम्भव छैन ।’

हात्तीबाट कसरी जोगिने ?

सापकोटाकाअनुसार हात्तीबाट जोगिन उसको आनीबानी र खानपानबारे बुझ्नुपर्छ । उनी हात्तीबाट बच्न चार वटा सुझाव दिन्छन् । पहिलो, हात्ती आउने समयमा बाघ र सिंहको आवाज बजाउने किनकि यी दुई जनावारसँग हात्ती डराउँछ ।

दोस्रो, हात्ती हिँड्ने बाटोमा रक्सी नपार्ने । ‘रक्सीको गन्ध थाहा पाएपछि हात्तीले जसरी पनि त्यो घर फोर्छ । मान्छेजस्तै ऊ मैमत्त हुन्छ । त्यो पाएपछि डाँडापाखामा मज्जाले रमाउँछन्,’ उनले सुनाए ।

हात्ती हिँड्ने बाटो वरपर माहुरी पाल्दा त्यसबाट पनि जोखिम न्यूनिकरण गर्न सकिने सापकोटाले बताए । उनकाअनुसार माहुरी उडेर हात्तीको संवेदनशील अंगमा टोक्छ जसले गर्दा हात्ती डराउँछ ।

प्रायः बासस्थान सर्नेबेला हात्तीले बालीहरु खाने सापकोटाले बताए । ‘हात्ती सधैँ हिँड्दैन । बसाइँ सर्छन् । बसाइँ सर्छन् भन्ने बुझेर त्योबेला नपाक्ने बाली लगाउनुपर्छ । गर्भणी हात्तीले केराको पात खाँदैनन् । गर्भ तुहिन्छ । हात्तीले केके खाँदैनन् भन्ने पत्ता लगाउनुपर्छ,’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);