काठमाडौं। नेपाल र भारत साफ यू–१५ च्याम्यिनसिपको फाइनल खेलिरहेका छन् । खेलको पहिलो हाफमा नेपाललाई १-० को अग्रता मिलेको छ । खेलको ४१ औँ मिनेटमा ब्रिजेश चौधरीले नेपाललाई अग्रता दिलाएका हुन् ।
समूह चरणको अन्तिम खेलमा विजेता र उपविजेता बनेर सेमिफाइनल पुगेका यी दुई टोली फाइनलका लागि भिडेका हुन् ।
नेपालले भारतविरुद्धको फाइनललाई बदला लिने अवसरको रुपमा लिएको छ । नेपाल समूह चरणको खेलमा भारतसँग २–१ ले पराजित भएको थियो । नेपाली टिमका प्रशिक्षक सुनिल श्रेष्ठले नेपाली टोली आत्मविश्वासका साथ मैदानमा उत्रिने बताए । उनले भारतसँग समूह चरणमा नै खेलिसकेका कारण खेलाडीमा आत्मविश्वास रहेको भन्दै रक्षापंक्ति र अग्रपंक्ति दुवैमा ध्यान दिएर उपाधि जित्ने दाबी गरे ।
नेपालले बंगलादेश र भारतले भुटानलाई पराजित गरेर फाइनलको यात्रा तय गरेका हुन् ।