लाइसेन्स छपाइ सुस्त, छपाइएका लाइसेन्स भाेलिबाट वितरण गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

लाइसेन्स छपाइ सुस्त, छपाइएका लाइसेन्स भाेलिबाट वितरण गरिने

smart-driving-licenses-in-nepal

काठमाडौं, १६ मंसिर । ४५ दिनमा छ लाख लाइसेन्स छाप्ने सम्झौता गरिए पनि दुई महिनामा बल्ल एक लाख १२ हजार थान लाइसेन्स छपाइ गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार छाप्न सुरु गरेको ४५ दिनमा छ लाख लाइसेन्स छाप्ने सम्झौता थियो ।

लाइसेन्स प्रिन्ट गरिरहेको मालिका इन कर्पोरेटले तयारी विवरण पाउन नसक्दा ढिलाइ भएको जनाएको छ । कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले लाइसेन्स छाप्न लाग्दा विवरणमा समस्या देखिएको दावी गर्नुभयो ।

छपाइएका लाइसेन्स सोमबारबाट वितरण गरिने विभागले जनाएको छ । अब हरेक दिन छपाइएका लाइसेन्सलाई दैनिक वितरण गरिने विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । हाल दैनिक आठदेखि १० हजार थान लाइसेन्स छपाइँदै आएको छ । याे खबर अाजकाे गाेरखापत्रमा छापिएकाे छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);