स्मार्ट कार्ड लाइसेन्सको छपाई अझै सुरु हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

स्मार्ट कार्ड लाइसेन्सको छपाई अझै सुरु हुन सकेन

licence

काठमाडौं,२६ माघ । दुई हप्ता अघि आइसकेको भनिएको छ लाख थान स्मार्ट कार्ड लाइसेन्सको छपाई अझै सुरु हुन सकेको छैन । स्मार्ट कार्ड लाइसेन्सको ल्याब परीक्षण नसकिएकोले छपाइ सुरु हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार जर्मनबाट आएको उक्त कार्डको ल्याब टेस्ट गर्नुपर्ने र गुणस्तर जाँच गरेपछि मात्र छपाई सुरु हुनेछ । यातायात व्यवस्था विभागले गत आर्थिक वर्षमा जर्मनीको भूलवर्ग कम्पनीसँग १२ लाख थान स्मार्ट कार्ड उपलब्ध गराउने सम्झौता अनुसार पहिलो खेपमा छ लाख थान आएको २ साता भइसक्दा पनि छपाइ सुरुहुन नसकेको हो ।

एउटा मात्र छपाइ मेसिन भएका कारण छपाइका लागि केही समय लाग्न सक्ने विभागको भनाई छ । नेपालस्थित जर्मन दूतावासले दुई दिनमा कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच गरेर विभागलाई हस्तान्तरण गर्ने आश्वासन दिएको विभागले जनाएको छ ।

विभागका अनुसार हाल करिब १४ लाखप्रति लाइसेन्स छपाइ गर्न बाँकी छ । नवीकरण, हराएको लाइसेन्स र नयाँ गरी दैनिक पाँच हजारको हाराहारीमा लाइसेन्सको माग छ ।

यस्तै विभागले १५ लाख प्रति कार्ड र एउटा स्मार्ट छपाई मेसिनका लागि नयाँ टेन्डर आव्हान गरेको छ । ०७२ सालमा स्मार्ट लाइसेन्स लागू भएपछि छपाइ ढिला हुँदा सेवाग्राहीहरुले विभिन्न समस्या झेलिरहनु परेको छ ।

परीक्षा पास गरेपछि दुई वर्षसम्म लाइसेन्स कार्ड कुर्नुपर्ने बाध्यता छ । विभागले श्रम र अध्ययनमा विदेश जाने, शान्ति मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरीका सवारी चालकलाई भने निवेदन दिएको दुई तीन दिनमै लाइसेन्स उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);