पार्टीभित्रै एक्लिँदै केपी अाेली, प्रचण्ड र माधवकाे गुट बलियाे | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

पार्टीभित्रै एक्लिँदै केपी अाेली, प्रचण्ड र माधवकाे गुट बलियाे

oli prachanda

काठमाडौं, १६ मंसिर । सरकार सञ्चालन र राष्ट्रिय राजनीतिमा एकछत्र हावी भएका ओली पाटीमा भने अल्पमतमा मात्र परेका छैनन्, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहभन्दा पनि कमजोर छन् । ४५ सदस्यीय स्थायी समितिमा प्रचण्डको पक्षमा २१, नेपाल पक्षमा १२ र ओली समूहमा मात्रै ११ सदस्य छन् । वरिष्ठ नेता झलनाथ खनाल एक्लै छन् ।

एकतापछि प्रचण्डले तत्कालीन एमालेका दुई नेता आफ्नो समूहमा भित्र्याउन सफल भएका छन् । नेता वामदेव गौतम र महासचिव विष्णु पौडेल प्रचण्ड समूहमा मिसिएको नेपालको दाबी छ । नेकपाभित्र प्रचण्ड र नेपाल समूह एकजुट भए पार्टी नेतृत्वबाट ओली पन्छाइन सक्ने विश्लेषणसहितकाे विशेष रिपाेर्ट अाजकाे नेपाल साप्ताहिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);