क्रिश्चियन धर्मको प्रचारमा लागेको खर्च सार्वजनिक गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

क्रिश्चियन धर्मको प्रचारमा लागेको खर्च सार्वजनिक गर्न माग

काठमाडौं, १५ मंसिर । काठमाडौमा जारी एसिया प्यासिफिक सम्मेलनलाई लिएर सामाजिक सञ्जालमा समेत सरकारको चर्को विरोध भइरहेको छ । धर्मप्रचारक एनजीओको कार्यक्रममा राष्ट्रपति देखि प्रधानमन्त्री र सभामुखसम्म सहभागि भएर क्रिश्चियनको आर्शिवाद लिनेक्रम चलिरहेको छ । तर अहिले त्यो सहभागिता भन्दा सम्मेलनका लागि कति रकम खर्च भयो र त्यो खर्च कहाँबाट आयो त्यो सार्वजनिक गर्नुपर्ने माग सुरु भएको छ ।

निकै विवादास्पद बनिरहेको एसिया प्यासिफिक सम्मेलन शनिबारबाट काठमाडौंमा सुरू भएको छ । सम्मेलनमा ४५ देशका १५ सय विदेशी पाहुना सहभागी भएको दाबी गरिएको छ । एउटा धर्मप्रचारक गैरसरकारी संस्थाले विभिन्न देशका यतिधेरै पाहुनालाई ल्याएर गरेको कार्यक्रममा सरकारको सहभागितालाई लिएर जनस्तरमा अनेकौ प्रश्नहरु उठिरहेको छ।

एसिया प्यासिफिक क्षेत्रमा क्रिश्चियन धर्म प्रचारको नेतृत्व गर्ने संस्था यूनिभर्सल पिस फेडरेसन (युपीएफ) सम्मेलनको आयोजक हो । प्रधानमन्त्री दम्पत्तिसहित १४५ सय जोडिले म्याडम डाक्टर मुनसँग आर्शिवाद लिने कार्यक्रमको विरोध भइरहेका वेला अहिले समाजिक संजाल एसिया प्यासिफिक समिटमा लागेको खर्च, त्यसको स्रोत र सरकारको सहभागिताका विषयमा प्रश्नतर्फ केन्द्रीत भएको छ ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले विभिन्न कारणले विश्व मञ्चमा नेपालको छवि विग्रिरहेको भन्दै धर्म प्रचारकसँग गएर कम्युनिष्ट सरकारले रसातमा पु-याउन लागेको टिप्पणी गरेका छन् । उनले ट्वीटरमार्फत भनेका छन् –त्यसै त विश्व रंगमंचमा गुम्दैगएको नेपालको छवी ‘राष्ट्रबाद’को वैशाखी टेकेर सत्तामा पुगेका ‘कमाउरेड’हरूले एउटा धार्मिक एनजीओको लोभमा फसेर रसातलमै पुर्याउने भए! । उनले आर्थिक दरिद्रताको उपचार हुने तर नैतिक दरिद्रताको कुनै उपचार नहुने भन्दै जनताले देशको यो अपमान नसहने बताएका छन् । उनले सम्मेलनलाई लक्षित गरेर बजेटको दुरुपयाृेग भएको पिवषय समेत उठाएका छन् ।

उनले भनेका छन्–कम्युनिज्म’ धर्मं राष्ट्रवादको ककटेल.क्रोनी क्यापिटालिज्म(आसेपासे पुँजीवाद)! विवादित अन्तर्राट्रिय सम्मेलनको नाउँमा सत्ताका आसेपासेहरूले राम्रै कमाइ गरेछन् । जनताले पेट काटेर तिरेको राजश्वले! काठमाडौकै मुटुमा यस्तो लूट छ भने अन्त के होला?’ उनले यस्तो प्रश्न उठाउँदै भगवानकै सहारा लिदैं भनेका छन् – हे भगवन मलाई मेरा कमाउरेडहरूबाट बचाऊ.!’

त्यस्तै अर्जुन एम भट्टराईले एसिया प्यासिफिक समिट न सार्क न बिमिस्टेक न डब्लुटिओ हो –यो अन्तराष्ट्रिय ब्यापारिक संगठन होइन यो न क्षेत्रीय संगठन नै हो यो त केवल धार्मिक संगठन हो यसमा प्रम ज्युले किन मरिहत्ते गर्नुहुन्छ सरकार किन सति जान्छ ? के छ रहश्य किन आशिक लिनु प-यो क्रिश्चियन धर्म गुरुसँग भन्दै प्रश्न उठाएका छन्। यतिधेरै प्रश्न उठदा पनि ट्वीटरमा सक्रीय रहेका प्रधानमन्त्री ओलीले भने कुनै प्रतिक्रिया आएको छैन

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);