गल्छि देखि रसुवागढीसम्मको सडकमा मुआब्जा विवाद | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

गल्छि देखि रसुवागढीसम्मको सडकमा मुआब्जा विवाद

नुवाकोट, १४ मंसिर । सरकारले आयात निर्यातको बैकल्पिक मार्ग तथा चिनसँगको व्यापारको लाइफलाइन भनिएको सडकमा मुआव्जा विवाद चर्किएको छ । राष्ट्रिय गौरवको आयोजना गल्छि देखि त्रिसुली–मैलुङ–स्याफ्रबेसी हुँदै रसुवागढीसम्मको सडकमा मुआव्जा विवाद देखिएको हो । विवादका कारण आयोजनाको काम कारवाही नै प्रभावित हुने चिन्ता बढेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितहरुले मुआब्जा विनै बाटो बनाएको भन्दै विरोध सुरु गरेका छन् । उनीहरुले उचित मुआब्जा नदिए नुवाकोट बन्द सहितका कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् ।

प्रभावित क्षेत्रका बान्दिाले संघर्ष समिति नैं गठन गरी पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितलाई सौतेलो व्यवहार गरिएको भन्दै प्रभावितहरुलाई मुअब्जा नदिई सडक विस्तार गरे आयोजनाको काम मात्र नभएर पुरै जिल्ला ठप्प पार्ने चेतावनी दिएका छन् ।

संघर्ष समितिका संयोजक लिलानाथ न्यौपानेले आयोजनाले जनताको उठीबास गराएको आरोप लागाए । आफहरु विकासको काममा सहयोग गर्ने पक्षमा रहेको भन्दै मुआब्जा नदिएर विरोधमा उत्रन बाध्य नपार्न समेत चेतावनी दिए ।

राष्ट्रको गौरवको आयोजनामा जिल्लाको भविश्य निर्धारण गर्ने भएपनि मुअब्जा वितरण नगरिए आफुहरुको उठीवास हुने स्थानीय संजीव श्रेष्ठको भनाई छ । आयोजना विदुर नगरपालिकाको केन्द्रविन्दुमा भएकोले केही व्यक्तिले सडक सार्ने भन्दै आत्ांकित पार्ने प्रयास गरिरहेको बताए ।

प्रभावित वासु सापकोटाले त जनताका समस्या समाधान गर्ने भन्दै निर्वाचित भएका सांसदहरुले मुअब्जाको विषयमा औपचारिक धारणा सार्वजनिक नगरेको भन्दै आक्रोस पोखे । सरकारले मुआब्जा विवाद कायम राख्दा स्थानीय बासीले अवरोध सिर्जना गरेको समयमै काम गर्न नदिएको वाहनामा निर्माण कम्पनीले आयोजनाले निर्माणमा ढिलाइ गर्न लागेको भन्दै त्यस्तो काम हुन नदिन स्थानीयले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

आयोजनाबाट स्थानीय मात्र नभएर जनप्रतिनिधि पनि आक्रोसित छन् । जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङले आयोजनाले बारम्बार जनता झुक्काइरहेको भन्दै पहिले ३० मिटरको मुअब्जा दिने भनेकोमा पछि १५ मिटर, ११ मिटर भन्दै अहिले केही निदिने बताउन थालेको बताए ।

जनताले मुअब्जा पाउनुपर्छ र आयोजना पनि विना अवरोध निर्माण हुनपर्छ भन्ने पक्षमा जिल्ला समन्वय समिति रहेको भन्दै जनता मार्ने आयोजनाको निर्णय स्वीकार्य नहुने बताए ।

नुवाकोटबाट प्रतिनिधिसभा निर्वाचित सांसद नारायण खतिवडाले आफुले भौतिक योजना मन्त्रालयमा मुअब्जाको विषयमा जानकारी लिन निवेदन दिएको भन्दै आयोजनाका पदाधिकारीसँग मुआब्जाको लागि छलफल नगरेको बताए ।

मुआव्जाका विषयको छलफलमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाका प्रमुख सुवोध देवकोटालाई बोलाए पनि उनीसहित आयोजनाका प्रतिनिधि अनुपस्थित भएका थिए ।

आयोजनाले यसअघि २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५/१५ मिटर तोकिएको भन्दै मुआब्जा दिन नमिल्ने बताएको छ । आयोजना र स्थानीयबीचको विवादमा सरोकारवाला मौन रहँदा आयोजना नैं अलपत्र पर्ने चिन्ता सुरु भएको छ ।