मुलुकको निर्यात व्यापार गत वर्षभन्दा करिव ११ प्रतिशतले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

मुलुकको निर्यात व्यापार गत वर्षभन्दा करिव ११ प्रतिशतले वृद्धि

काठमाडौं, १३ मंसिर । चालू आर्थिक वर्षको प्रथम चौंमासिकमा मुलुकको निर्यात व्यापार गत वर्षभन्दा करिव ११ प्रतिशतले वृद्धि भएको देखिएको छ । नेपाल सरकार व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गत वर्षभन्दा निर्यात व्यापारमा १० दशमलव ७० प्रतिशतले वृद्धि भएको जानकारी गराएको हो ।

उनी, गलैचा र तयारी पोशाकको निर्यात व्यापार गत वर्षको भन्दा उल्लेख्य वृद्धि भएको केन्द्रका नायव कार्यकारी निर्देशक सुयश खनालले बताए ।

नेपालको निकासी व्यापार हुने प्रमुख मुलुकहरुमा भारत, अमेरिका, जर्मनी, बेलायत, चीन, जापान, अष्ट्रलिया र डेनमार्क रहेका छन् । केन्द्रले मुलुकको व्यापार घाटा चालू आर्थिक वर्षको प्रथम चौमासिकमा सामान्य सुधार आएपनि पैठारीमा देखिएको अत्याधिक वृद्धिका कारण करिव ४० प्रतिशतले वृद्धि हुन आएको पनि स्पष्ट पारेको छ ।

नायव कार्यकारी निर्देशक खनालले हाल नेपालको व्यापार घाटा ४ सय ४५ अरव ४७ करोड पुगेको जानकारी पनि दिनु भयो । पैठारीमा देखिएको वृद्धि नै व्यापार घाटा बढदै जानुको मुख्य कारण रहेको केन्द्रको तर्क छ ।