बाराको कलैया नगरपालिकाले फोहोर व्यवस्थापनमा चासो दिएन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाराको कलैया नगरपालिकाले फोहोर व्यवस्थापनमा चासो दिएन

श्याम गुप्ता
बारा, ११ मंसिर । बाराको कलैया उपमहानगरपालिकामा फोहर व्यवस्थापन मुख्य चिन्ताको विषय बनेको छ । केहि समय यता उपमहानगरपालिकाले कलैया बजार लगायत आफ्ना नगर भित्रको फोहर संकलन गर्न नसक्दा यहाँ फोहर व्यवस्थापन मुख्य चिन्ताको विषय बनेको हो ।

जिल्लाकै पहिलो नगरपालिकाको रुपमा सदरमुकाम कलैया उपमहानगरपालिका बनेपनि यहाँको फोहर व्यवस्थापन हुन नसक्दा कलैयाबासीले समस्या खेप्नु परेको छ । नगरको सडक छेउमा फालिएको फोहर र पानी निकासाको लागि बनाईएको नालामा फोहर जमे पछि यहाँका स्थानीयहरु दुर्गन्ध र रोगको सिकार हुन बाध्य भएको स्थानीय गेनालाल श्रेष्ठले बताए ।

उनले फोहरबाट भएको समस्याको बारेमा नगरपालिकालाई पटक–पटक जानकारी गराउँदा पनि कुनै किसिमको चाँसो नदिएको आरोप लगाए ।

यता स्थानीय तहको निर्वाचन पश्चात वडा अध्यक्षहरुले आ–आफ्नों वडाको फोहर संकलन आफै गर्ने भनि गरेको निर्णय कार्यान्वयन नहुँदा यस उपमहानगरपालिकाको फोहर व्यवस्थापनमा मुख्य चुनौतिको विषय बनेको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले बताए ।

निर्वाचन पहिले ठेक्का लगाएर हुँदै आएको कलैयाको सरसफाई जननिर्वाचित प्रतिनिधीहरुले आफै गर्ने भने पनि समय दिन नसक्दा सरसफाईको काम प्रभावकारी हुन नसकेको कलैया उपमहानगरपालिकाका नगरप्रमुख यादवको भनाई छ ।

उनले जननिर्वाचित प्रतिनिधीले गर्दा प्रभावकारी हुन्छ की भन्ने उद्देश्यले दिए पनि त्यो संतोषजनक नदेखिएको र केही समयमैं सरसफाईका लागि टेन्डर आव्हान गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);