निर्णय नाघेर प्रधानमन्त्रीको निर्देशन, ११६ निजी कलेजलाई सम्बन्धन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

निर्णय नाघेर प्रधानमन्त्रीको निर्देशन, ११६ निजी कलेजलाई सम्बन्धन

kp-oli

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी ओलीको लिखित निर्देशनमा त्रिभुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्ने गरी सम्बन्धन दिएको छ ।

ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषदको निर्णयविपरीत निर्देशन दिएका हुन् ।

साउन दोस्रो साता मन्त्रिपरिषद् बैठकले निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगित गर्ने निर्णय गरेको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्रीले त्रिविलाई साउन २२ मा कलेजहरूलाई विषय र कार्यक्रम थपको अनुमति (सम्बन्धन) दिन पत्र पठाएका छन् ।

‘विश्वविद्यालयहरूको स्वायत्तता कायम राख्दै यसभन्दा अगाडि विश्वविद्यालयहरूले गर्दै आएको विषय र कार्यक्रम थपसम्बन्धी प्रक्रिया यथावत् राख्न प्रधानमन्त्रीज्यूको निर्देशन भएकाले सोहीअनुसार गराउनुहुन अनुरोध छ,’ पत्रमा उल्लेख छ । त्यसैअनुसार त्रिविले १ सय १६ कलेजलाई विषय थप्न अनुमति दिएको छ ।

बीसीए र बीबीएम विषयमा सम्बन्धन पाउने अधिकांश राजधानीका महँगा र नाम चलेका ठूला कलेज छन् । तीमध्ये ९६ वटाले सम्बन्धनपत्र लिइसकेका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);