२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत ! | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

rape

काठमाडौं, ५ मंसिर । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ ।

लेखा विषयपढाउने बहानामा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई महनगरीय प्रहरी वृत्त बौद्धले अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको छ ।

वृत्तका प्रमुख उपरीक्षक डिएसपी नरेन्द्र चन्दका अनुसार उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले प्रलोभन देखाएर २२ बर्षीया युवतीलाई पटकपटक बलात्कारगरेको जाहेरी यपरेपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

युवतीलाई प्रलोभनमा पारी बलात्कार गरेको उजुरी परेपछि उनलाई अनुसन्धानका लागि ल्याईएको छ, डिएसपी चन्दले भने ।

ताजा समाचार