आईसीसी टी–२० : भारत सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आईसीसी टी–२० : भारत सेमिफाइनलमा प्रवेश

india into semi

एजेन्सी, ३० कात्तिक । आईसीसी टी–२० महिला क्रिकेटमा अपराजित यात्रा कायम राख्दै भारत सेमिफाइनलमा पुगेको छ । बिहिबार रातिको खेलमा आएरल्याण्डलाई ५२ रनले पराजित गर्दै भारतले सेमिफाइनलमा आफ्नो स्थान बनाएको हो ।

समूह चरणका तीन खेल जितेको भारत र सोही नतिजाका साथ अष्ट्रेलिया सेमिफाइनलमा पुगेका हुन् । अब समूहको विजेतका र उप विजेताका लागि भारत र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्नेछन् ।

१४६ रनको लक्ष्य लिएर मैदान आएको आएरल्याण्डले ८ बिकेट गुमाउँदै ९३ रनमात्रै जोड्न सक्यो । उसका लागि इस्बोल जोयसीले ३३ तथा कार्ले सिलङटनले २३ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । भारतका लागि राधा यादबले ३ तथा दिप्ती शर्माले २ विकेट लिएकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);