मन्त्रिपरिषद्का निर्णय अबदेखि हरेक बिहीवार सार्वजनिक गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मन्त्रिपरिषद्का निर्णय अबदेखि हरेक बिहीवार सार्वजनिक गरिने

mantriparisad cabinate

काठमाडौं, ३० कात्तिक । मन्त्रिपरिषद्का निर्णय अबदेखि हरेक बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गरी गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयलाई औपचारिक रूपले सार्वजनिक गरियो ।

मन्त्रिपरिषद् बैठकबाट भएका निर्णय परिपक्व नभई सार्वजनिक हुँदा कार्यान्वयनमा केही अप्ठेरा आएको भन्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकलप्रसाद बाँस्कोटाले अब हरेक बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वज्निक गरिने बताउनुभयो ।

बिहीबार पनि मन्त्रिपरिषद्को बैठक बस्यो तर यस बैठकका निर्णय आउँदो बिहीबार सार्वजनिक गरिने प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । यसअघि कात्तिक २५ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलका लागि नेपालका आवासीय राजदूत तथा साइप्रसका लागि गैर आवासीय राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने निर्णय गरेको छ । त्यस स्थानमा डा. अञ्जान शाक्यलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । त्यसका लागि तीन साताको तयारी म्याद दिइएको छ ।

यसैगरी, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईलाई तीन साताको म्याद दिई मन्त्रालयमा फिर्ता बोलाउने निर्णय बैठकले गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । त्यस्तै, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय बैठकले गरेको छ ।

यो समाचार आजको गोरखापत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);