मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक

gokul

काठमाडाैं, ९ साउन । साउन ६ गते बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरिएको छ । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णयहरू :

१.युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ऋण सहायताका रूपमा प्रस्तावित १२० मिलियन अमेरिकी डलर स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय

२. नेपाल बन्दरगाह प्राधिकरणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती

३. नेपाल राजपत्रका मिति २०७० ११ १ को खण्ड ६३(अतिरिक्तांक ३० क भाग ५ को क्रमसंख्या ४ मा प्रकाशित सूचना खारेज गर्ने र कृषि तथा पशुपंछी विकास मन्त्रालयको गैरकर राजस्व दरमा परिमार्जन गर्ने विषयको सूचना स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय

४. विभिन्न आयोजना सञ्चालनका लागि खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा निम्नबमोजिम राजपत्रांकित श्रेणीका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय

खानेपानी मन्त्रालय : २१३ जना

वन तथा वातावरण मन्त्रालय : ५० जना

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय: ७२६  जना

५. भारतीय नागरिक मुन्सीलाल पासीको नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय

६.  राष्ट्रिय परिचयपत्रमा हाल कायम रहेको विवरणमध्ये केही विवरण कार्ड, चिप्स र प्रणालीमा राखी परिमार्जन गर्ने निर्णय

७. कञ्चनपुर जिल्लामा मृत्यु भएका चन्द्रदेव भट्टको परिवारलाई रू ५ लाख राहत उपलव्ध गराउने निर्णय

८.  रौतहटमा जीप दुर्घटनामा परी मृत्यु भएका थुनुवाहरू मुकेश भनिने निर्मल साह र रमेशकुमार चौधरीको परिवारलाई प्रति परिवार रू ५ लाख राहत उपलव्ध गराउने निर्णय

९. नेपाल र जर्जियाबीच कूटनीतिक तथा अफिसियल/सर्भिस राहदानी वाहकहरूका लागि आवश्यक भिसा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति

१०. काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौं जिल्ला साविक खड्का भद्रकाली  गाविस वडा ७ कित्ता न ७३ हाल  बुढानीलकण्ठ नगरपालिका वडा नं ७ कित्ता न २३को नेपाल सरकारको नाममा रहेको ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा उपलब्ध गराउने निर्णय

११. नारायणघाट मुग्लिन सडकमा पर्ने इण्टमिडिएड लेन का पुललाई डबल लेनमा निमार्ण गर्न अत्यावश्यक भएकाले सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम वातावरणीय अध्ययन समेते गरी डिजाइन तथा निर्माण सम्बन्धी काम ठेक्काबाट गर्ने गरी बोलपत्र आह्वान गर्न स्वीकृति

१२. बर्दगोरिया ४००/१३२ केभी सवस्टेशन कैलाली का लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय

१३. नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन बनाउन सैद्धान्तिक स्वीकृति

१४. नेपाल हवाई प्राधिकरण ऐन बनाउन सैद्धान्तिक स्वीकृति

१५. प्युठान जिल्ला माण्डवी गाउँपालिकाको केन्द्र साविक नयाँगाउँ गाउँ विकास समितिको कार्यालयबाट हेरफेर गरी माण्डवी गाउँपालिका वडा ३ जस्पुर कायम गर्ने र यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय

१६. दूरसञ्चार  नवौं संशोधन नियमावली २०७६ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय

१७. नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुरूषोत्तम प्रसाद खनाललाई नियुक्त

१८. नेपाल सरकारको निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका देहाय अधिकृतलाई निम्नबमोजिम सरूवा गर्ने निर्णय

क. सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयका सचिवमा

ख. जल पतथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई सहरी विकास मन्त्रालयको सचिवमा

१९. नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ भदौ ५ गतेको निर्णयानुसार सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय

२०. मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);