जाँड खाएका श्रीमानलाई लौराले हिर्काउँदा ज्यानै गएपछि .... | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८३, सोमबार

चरीकोट, १० भदौ । दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुमा श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमानको घटनास्थलमै ज्यान गएको आरोप लगाइएको छ।

 

शुक्रबार साँझ ८३ वर्षीय कर्णबहादुर तामाङले अत्यधिक मादक पदार्थ सेवन गरी घरमा आई बुहारी विपना थोकरसँग थप मादक पदार्थ मागेको र बुहारीले मादक पदार्थ दिन नमानेपछि बुहारीलाई कुटपिट गरेको देखेपछि उनकी श्रीमतीले पछाडिबाट टाउकामा लाठी प्रहार गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिएका छन्।

 

 

अभियुक्त सञ्जीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।