जिरा भवानीपुर गाउँपलिकाकी उपाध्यक्षको नेतृत्वमा इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनी, | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जिरा भवानीपुर गाउँपलिकाकी उपाध्यक्षको नेतृत्वमा इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनी,

goli

पर्सा, २४ बैशाख । पर्साको जिरा भवानीपुर गाउँपालिका–१ स्थित चिनीमिल चोकमा गोली चलेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा स्थानीयले दुई जना मोबाइल चोरलाई छुटाउन दबाब दिने क्रममा सेढुवा इलाका प्रहरी कार्यालयको प्रतिक्षालयमा तोडफोड गरी दुई वटा मोटरसाइकलमा आगजनी गरेपछि प्रहरीले हवाइ फायर गरेको हो । स्थानीयवासीलाई नियन्त्रणमा लिन प्रहरीले २७ राउण्ड हवाइ फायर गरेको छ । स्थिती नियन्त्रणमा लिनका लागी प्रहरीले २३ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष चौधरीले मोबाइल चोरका अलावा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै हिंडेका चार जना भारतीय नागरिकलाई समेत छाड्न दबाब दिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञान कुमार महतोले बताए । मोबाइल चोर र मादक पदार्थ सेवन गरेर होहल्ला गर्नेहरुलाई छुटाउन पुगेका स्थानीय प्रहरीमाथि जाइलागेका थिए ।

त्यसक्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा र प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव घाइते भएका छन् । प्रहरी जवान यादवको अवस्था गम्भिर रहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);