बुटवल, १७ कात्तिक । अख्तियार दुरपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले समाजमा भ्रष्टाचार मौलाउँदै गएको भन्दै कडा निगरानी बढाउन आवश्यक भएको बताएका छन् ।
अख्तियार दुरपयोग अनुसन्धान आयोगको बुटवलको नेपालगञ्ज सम्पर्क कार्यालयको नवनिर्मित भवनको शनिवार उद्घाटन गर्दै प्रमुख आयुक्त घिमिरेले भष्ट्रचार मौलाउदै गएको भन्दै कुनैपनि तहतप्कामा रहेकालाई भ्रष्टाचार गर्न छुट नभएको बताए । उनले सजक रहेर काम गर्न कर्मचारीहरुलाइ निर्देशन समेत दिए ।
कोहलपुरमा कार्यालय स्थापना गरी अख्तियार दुरपयोग अनुसन्धान आयोगको कार्यालय शनिबार देखि नेपालगञ्जबाटै संचालनमा आएको छ ।