मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुन: सुचारू | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुन: सुचारू

फाइल तस्बिर

काठमाडाैं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम आजदेखि पुन: सञ्चालन गरेकाे छ ।आयोगको यही चैत १८ गतेको बैठकले निर्णय गरे अनुसार कार्यक्रम आजदेखि पुन: शुरू गरेकाे हाे ।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्न सकिने आयाेगले जनाएकाे छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि–इन्राेललमेन्ट’ प्रणालीमार्फत् अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ । प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने छ ।

Leave a Reply