सुक्ष्म निगरानी समूह गठन गर्दै अख्तियार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुक्ष्म निगरानी समूह गठन गर्दै अख्तियार

akhtiyar durupayog

काठमाडौं, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सरकारी कार्यालयको निगरानीका लागि सुक्ष्म निगरानी समूह गठन गर्ने तयारी भइरहेको बताएका छन् ।

निगरानी समूहका सदस्यहरू विभिन्न कार्यालयमा सेवाग्राही भई अनुगमनमा जाने छन् । आयोगले खटाएका व्यक्ति सेवाग्राही भएर जानेछन् । कुनै गल्ती भएमा कारबाहीका लागि सिफारिस हुनेछ ।

प्रमुख आयुक्त घिमिरेले ‘¥यापिड अपरेशन टास्क फोर्स’ नाम दिएर सुक्ष्म निगरानी समूह गठन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘‘अब कार्यालयहरूमा सुक्ष्म निगरानी समूह गठन गर्छाैँ । त्यसलाई ¥यापिड अपरेशन टास्क फोर्स’ भनेर नाम दिइएको छ । त्यसको कार्यविधि आयोगले स्वीकृत गरिसकेको छ । अब हामी टिम बनाएर सेवाग्राही नै भएर सम्बन्धित कार्यालयमा जान्छौं ।’’

समूहले कुनै कमी कमजोरी फेला पारेमा कारबाहीका लागि सिफारिस गर्नेछ । कमजोरी भएको नदेखिएमा सम्बन्धित कार्यालयका प्रमुख, विभागीय प्रमुख वा सचिवलाई बोलाएर आयोगले कार्यालयको अबस्थाबारे जानकारी दिनेछ ।

यस्तै, आयोगले भ्रष्टाचार न्यूनीकरणका लागि प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत नागरिक निगरानी समूह (सिटिजन जुरी) निर्माण गर्ने तयार पनि गरेको छ । अख्तियारले मात्र भ्रष्टाचार न्यूनीकरण गर्न नसक्ने भन्दै नागरिक समाजका विशिष्ठ व्यक्ति सम्मिलित समूह गठन गर्न लागिएको हो ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);