भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव

railroad_track

वीरगन्ज, २८ माघ ।  सीमावर्ती भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार उनी वीरगन्ज पब्लिक सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत पर्सा कालिकामाई–२ भेडिहारीकी निभा कुमारी हुन् ।

अर्की छात्राको पकेटमा किरण लेखिएको पर्चा फेला परेको छ । घटनास्थल नजिकका स्थानीयका अनुसार बिहान दुवै छात्रा एकअर्काको हात समाएर कौडिहार गाउँतर्फबाट रेल्वे ढालातर्फ आइरहेका थिए ।

सामाजिक सञ्जालमा शव र परिचयपत्र भाइरल भएपछि एसपी रेवती ढकाल नेतृत्वमा प्रहरी टोली रक्सौलतर्फ गएको डीएसपी अनन्तराम शर्माले बताए । छात्राको विवरण लिएर प्रहरी टोली उनी अध्ययन गर्ने स्कुल पुगेको थियो ।

‘परिचयपत्रमा उल्लेख भएकी छात्रा त्यही स्कुलमा अध्ययन गर्ने रहेछिन्,’ डीएसपी शर्माले भने, ‘छात्राको घरतर्फ पनि टोली पठाएका छौँ ।’ स्थानीयलाई उद्धृत गर्दै रक्सौलका पत्रकार विजयकुमार गिरीले जनाएअनुसार रक्सौलबाट आनन्द विहार जाने सत्याग्रह एक्सप्रेस ट्रेनले ठक्कर दिएको हो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);