गौशालाका गाई मृत्यु प्रकरण : पैसाको लोभले संख्या बढाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

गौशालाका गाई मृत्यु प्रकरण : पैसाको लोभले संख्या बढाइयो

gaushala gai mrityu

कैलाली, २८ माघ । घोडाघोडी नगरपालिकाका गौशालामा मरेका गाईको संख्या गैरसरकारी संस्थाले बढाइचढाई सार्वजनिक गरेको खुलासा भएको छ। दुई हजारको संख्यामा गाई मरेको भन्दै गैरसरकारी संस्थाले प्रचारप्रसार गरेका थिए।

‘तीनवटै गौशालामा गरी ७० भन्दा बढी गाई मरेका छैनन्,’ घोडाघोडी नगरपालिका–१० का धीरेन्द्र कठायतले भने, ‘बजेट तान्न केही एनजिओले ठूलो संख्यामा गाई मरेको अफवाह फैलाएका हुन्।’ गाउँका केही समूहले छाडा चौपाया पाल्न नगरपालिकासँग बजेट मागेका थिए। तर नगरपालिका आफैं व्यवस्थापनमा जुटेपछि ती समूह असन्तुष्ट बनेका थिए।

असन्तुष्ट समूहले समेत विभिन्न संस्थासँग मिलेर मरेका गाईको संख्या थप्दै अफवाह फैलाएको वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर बुढाले बताए। उनले भने, ‘पशुका क्षेत्रमा काम गर्ने केही एनजिओले बजेट ल्याउन मरेका गाईको संख्या बढाएका हुन्।’ आफ्नो स्वार्थका लागि सक्रिय समूह र संस्थाद्वारा सञ्चारमाध्यमलाई पनि गुमराहमा पार्ने काम गरिएको वडाध्यक्ष बुढाले बताए। ‘सञ्चारमाध्यममा समाचार लेखाएपछि बजेट आउने भएकाले समूह र संस्थाले यस्तो गरेका हुन्,’ उनले भने, ‘ती समूह र संस्थाबाट नमरेका गाईको संख्या बढाउँदै अफवाह फैलाउने काम भयो।’

स्नेहाज केयर संस्थाका कर्मचारीले केही पत्रकारलाई ठूलो संख्यामा गाई मरेको खबर गरेका थिए। सोही संस्थाका कर्मचारीले २२ सय गाई मरेको गलत विवरण लेखेर विभिन्न सञ्चार माध्यमलाई इमेल पठाएका थिए। उनीहरुले बजेट तान्न गलत समाचार लेखाएको स्थानीयले बताएका छन्। स्नेहाज केयरका कार्यकारी निर्देशक कपिल काफ्लेले सुरुका दिनमा गौशालामा राखिएका र अहिले बाँकी रहेकाको संख्या हेर्दा २२ सय गाई हताहत भएको आफूले भनेको बताए।

संख्या बढाउनुमा संस्थाको कुनै स्वार्थ नभएको र पवित्र भावनाले गाईको सेवा गर्न लागेको उनले दाबी गरे। ‘एक पत्रिकामा समाचार छापिएको दिन मात्रै हाम्रो टोली धनगढी आएको हो,’ उनले भने, ‘११ दिनदेखि उपचारसँगै गाईलाई आहारा दिँदै आएका छौं।’ अहिले आएर हेर्दा केही गाई भागेर गएकाले मरेको संख्या यकिन भन्न सकिने अवस्था नरहेको उनले बताए। ‘गौशालाको तीन किलोमिटर वरपर ६०/७० अस्थिपञ्जर छन्,’ काफ्लेले भने, ‘गाई हताहतीको संख्या भने धेरै छ तर संख्यामा हामी जान चाहन्नौं।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);