एजेन्सी, १६ कात्तिक । भारतको जम्मु कश्मीरको किश्तवाड कस्बेमा गएराति भारतीय जनता पार्टीका प्रदेश सचिव अनिल परिहार र उनका भाई अजित परिहारको अज्ञात समूहले गोली हानेर हत्या गरेको छ ।
दुवैजना दाजुभाई घर फर्किरहेका बेला यो घटना भएको स्थानीय प्रहरीले जनाएको छ । उनीहरुमाथि नजिकैबाट गोली प्रहार भएको बताइएको छ । अनिल भारतीय जनता पार्टीका प्रभावशाली नेता मानिन्थे ।
घटनापछि स्थानीय प्रशासनले किश्तवाड कस्बेमा शान्ति व्यवस्था कामय राख्न कर्फ्यू लगाएको छ । त्यहाँको स्थिती तनावपूर्ण रहेको छ । पार्टीका राष्ट्रीय अध्यक्ष अमित शाह र केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले घटनाको निन्दा गरेका छन् ।