काठमाडौं, १५ कात्तिक । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल पाकिस्तानसँग घरेलु मैदानमै पराजित भएको छ ।
बिहिबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पाकिस्तानसँग नेपाल ४–० गोल अन्तरले पराजित भएको हो । यो सगँै नेपाल खेलबाटै बाहिरिएको छ । पहिलो हाफसम्म कुनै गोल नखाएको नेपालले दोस्रो हाफ पछि ४ गोल खान पुग्यो ।
नेपालका रोशन थापाले आत्मघाती गोल गरेपछि पाकिस्तानले अग्रता लिएको थियो । पाकिस्तानका लागि मोहिब उल्लाहले पेनाल्टि माफर्त २ तथा मोइन अहमदले १ गोल गरे ।
नेपालले तेश्रो स्थानकालागी आउँदो शनिबार बिहान साढेँ दस बजे भारत सँग प्रतिस्पर्धा गर्नेछ ।