प्रधानमन्त्री ओलीको स्वास्थ्यमा विस्तारै सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा विस्तारै सुधार

pm oli

काठमाडौं, १५ कात्तिक । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्माको ओलीको स्वास्थ्यमा विस्तारै सुधार आएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीलाई दिइएको मुख्य एन्टिबायोटिकको डोज विहीबार सकिनेछ त्यसपछि नशाबाट दिइने औषधिहरु रोकिनेछन् र मुखबाटै खुवाइने छ । उपचारमा संलग्न डा. अरुण सायमीले बताए । प्रधानमन्त्री ओलीको छातीमा भएको संक्रमण एकदमै कम भएको छ भने ज्वरो नियन्त्रणमा आएको छ ।

स्वास्थ्यमा सुधार आए सँगै उनले बुधबार विहानै अस्पतालमै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गरेका थिए । डा. सायमीका अनुसार प्रधानमन्त्रीलाई दाल भात खान दिइएको थियो । बुधबार उनी आफैंले माछा खान हुन्छ कि हुन्न भनेर डाक्टरलाई सोधेका थिए । डाक्टरले हुन्छ भनेपछि मगाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);