छिट्टै पार्टी एकता हुन्छ : अध्यक्ष थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौं, १४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिट्टै पार्टी एकता हुने बताएका छन् ।

अध्यक्ष थापाले फुटका कारण पार्टी कमजोर भएको भन्दै सबैलाई एकजुट बनाएर छिट्टै बलियो एकीकृत पार्टी निर्माण हुने बताए ।

कतिपय नेताहरुको हठका कारण पार्टी अलग–अलग भएको भन्दै उनले राष्ट्रलाई विखण्डन र सर्वसत्तावादबाट जोगाउन पार्टी एकता अपरिहार्य रहेको उल्लेख गरे ।

केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न देशलाई धर्मनिरपेक्ष बनाएको आरोपसमेत अध्यक्ष थापाले लगाए । देशमा सङ्घीयता आए पनि जनताले महसुस गर्न नसकेको भन्दै उनले सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको टिप्पणी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);