केन्द्रमा सह–अध्यक्ष र जिल्लामा दुई पदीय नेतृत्वको मोडेल तयार : बादल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

केन्द्रमा सह–अध्यक्ष र जिल्लामा दुई पदीय नेतृत्वको मोडेल तयार : बादल

rambahadur thapa

चितवन, १० वैशाख । माओवादी केन्द्रका नेता रामबहादुर थापाले एमालेसँगको पार्टी एकतापछि बन्ने पार्टीमा केन्द्रमा सह–अध्यक्ष र जिल्लामा दुई पदीय नेतृत्वको मोडेल तयार भएको बताएका छन् ।

चितवनमा भएको कार्यक्रममा नेता थापाले केन्द्रमा सह–अध्यक्ष र जिल्लामा दुई पदीय नेतृत्वको मोडेल तयार भएको बताएका हुन् । तयारी नपुगेकाले बैशाख ९ गते एकता हुन नसकेको भन्दै उनले एकताको मिति छिट्टै घोषणा हुने बताए ।

जनयुद्ध र संगठनात्मक विषयमा पनि सहमति भइसकेको दाबी गर्दै नेता थापाले एकता हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे । गृहमन्त्री समेत रहेका थापाले प्रहरी प्रशासन संघीय संरचना अनुसार संचालन भईरहेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);