लक्ष्मण रसाइली
जाजरकोट, १३ कात्तिक । जाजरकोटको कुशे गाउँपालिका–५ खुर्पामा मंगलवार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खुर्पा गाउँवाट मंगलबार विहानै भे. १ ज. ५५७ नम्बरको जीप लक्ष्मी माध्यामिक विद्यालय, खुर्पामा वल्डिङका लागि जेनेरेटर बोकेर आएको जीप दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक आठबिसकोट नगरपालिका बाँके जिउला, रुकुम पश्चिमका कमल नेपालीको घटना स्थलमै मृत्यु भएको छ भने बाँके जिल्ला घर भएका नुर आलम गम्भिर घाईते भएका छन् ।
घाईते आलमलाई जिल्ला अस्पताल जाजरकोट ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख रविन्द्रबहादुर सिंहले जानकारी दिए । जिप झण्डै ५ सय मिटर तल खसेको जीपको ईन्जिन लगाएतका अन्य पाट्सहरु धुजा–धुजा भएको वताईएको छ ।
घाईते आलमको अबस्था भने निकै गम्भिर रहेको वताईएको छ र पाँचकाटिया प्रहरी चौकीवाट प्रहरी टोली घटना स्थलमा पुगेर घटनाको थप जाँचबुझ गरिरहेको वताईएको छ