रौतहट, १० कात्तिक । रौतहटको कटहरिया नगरपालिक–५ स्थित मुख्य बजार नजिकै रहेको हाटबजारमा शनिवार दिउँसो आगलागी भएको छ ।
आगलागीबाट हाटवजारमा लाग्ने १ सय ३५ वटा टहराहरु जलेर पुर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट करीव १४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बजार क्षेत्रमा ठूलो आगलागी भएपछि कटहरीया बजार क्षेत्रका स्थानीय त्रसित बनेका थिए । लामो समयको प्रयासपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।
टहरामा बुधवार र आइतवार साप्ताहीक रुपमा बजार लाग्ने गरेको छ । आगलागीको कारण विधुत सर्ट भएको बताइएको छ ।