काठमाडौंमा रहेका चार वटा मिनरल वाटर उद्योगमा शीलबन्दी | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

काठमाडौंमा रहेका चार वटा मिनरल वाटर उद्योगमा शीलबन्दी

काठमाडौं, ८ कात्तिक । सरकारले काठमाडौंमा रहेका चार वटा मिनरल वाटर उद्योगमा शीलबन्दी गरेको छ । बिहीबार अनुगमनको क्रममा मापदण्ड विपरित प्रशोधित पिउने पानी उत्पादन गरिएको पाइएपछि काठमाडौंको विभिन्न स्थानमा रहेका स्नो ब्रेभरेज प्रालि, कञ्चनजंगा मिनरल वाटर उद्योग, अक्वा मिनरल वाटर उद्योग र सिटी मिनरल वाटर प्रालिमा शीलबन्दी गरेको हो ।

प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका विपरित संचालनमा रहेका चार वटै मिनरल वाटर उद्योगमा पानी उत्पादन गर्न रोक लगाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिए ।

अनुगमनका क्रममा कतिपय मिनरल वाटर उद्योग दर्ता नभएको समेत भेटिएको छ । विधिसम्मत ढंगले संचालनमा नरहेका मिनरल वाटर उद्योगलाई अनुगमन टोलीले तत्काल प्रक्रिया पूरा गर्न पनि सचेत गराएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोली लिएर आफै मिनरल वाटर कम्पनी अनुगमनमा निस्केका सचिव जिसीले सरकारले मानव स्वास्थ्यमाथि खेलवाड हुने गरी खाद्य बस्तु उत्पादन गर्ने कुनै पनि उद्योगलाई कार्वाहीको दायरामा ल्याउने चेतावनी दिए । सरकारले यस वर्ष खाद्य बस्तुको स्वच्छता कायम गर्न खाद्य स्वच्छता अभियान नै संचालन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);