एजेन्सी, ३ कात्तिक । भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर शहरमा एउटा रेल मानिसहरूको भिडमा पुगेपछि ६० जनाभन्दा बढीको ज्यान गएको छ भने १५० भन्दा बढी घाइते छन्।
हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिक नजिकै मानिसहरू भेला भएका थिए । प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भिडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन् ।
मेला हेर्न पुगेका स्थानीय रेलको लिकमा उभिएका बेला जालंधरबाट प्रतिघण्टा १ सय किलोमिटर रफ्तारमा आएको रेलले किच्दा मर्नेको संख्या ६० पुगेको अमृतसरका पुलिस कमिश्नर सुधांशु शेखर श्रीवास्तवले बताएका छन्।
घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी नेता राहुल गान्धि, पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्द्र सिंहले दुःख व्यक्त गर्दै राहत र उद्दारमा खटिन मातहत निकायलाई निर्देशन दिएका छन्।